बामफोकले घाँटी रेटेर एक व्यक्तिले गरे आत्महत्या

ईलाम / ईलामको सूर्योदय नगरपालिका(९ बरबोटेमा आइतवार मासु काट्ने बामफोकले घाँटी रेटेर १ पुरुषले आत्महत्या गरेका छन् ।

अत्याधिक मादक पदार्थ सेवन गरेका कारण स्थानीय बर्ष ३९ का बिजय राईले राती साढे ९ बजे मासु काट्ने बामफोकले आफ्नै घाँटी रेटेका थिए ।

घाँटी रेटेर गम्भीर घाइते भएका राईलाई उपचारको लागि बिर्तामोड स्थित बि।एण्ड।सी। अस्पताल ल्याइएको थियो।

उनको उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । घटना सम्बन्धमा थप
अनुसन्धान भईरहेको पैहरीले जनाएको छ ।