शिवसत्ताक्षीमा नहरमा डुवेर एक महिलाको मृत्यु

झापा / झापाको शिवसत्ताक्षी नगरपालिका-३ मा आइतवार नहरमा डुवेर एक महिलाको ज्यान गएको छ ।

नहरमा डुबेर सोही स्थान बस्ने बर्ष ६९ वर्षकी धनकुमारी पाण्डेको मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

आइतवार राती ११ बजे देखी हराएर बेपत्ता भएकी पाण्डेलाई प्रहरी र स्थानीयवासीले खोजतलास गर्ने क्रममा सोमवार बिहान कन्काई नहरमा डुबीरहेको अस्थामा फेला पारेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।