मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

सुरुङ्गा / मोटरसाइकलको ठक्करबाट घाइते भएका कन्काई नगरपालिका झापाका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ ।

सुरुङ्गा पूर्वबसस्टेण्ड नजिक आइतवार मोटरसाईकलको ठक्करबाट कन्काई नगरपालिका–८ बस्ने ४० वर्षका बावुलाल टुडु घाइते भएका थिए ।

टुडुलाई महेन्द्र राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे ९ प ५५७६ नम्बरको मोटरसाईकलले बेलुका साढे ८ बजे ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते टुडुको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा राती ९ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ ।

दुर्घटनामा मोटरसाईकल चालक शिवसत्ताक्षी नगरपालिका–९ का ४१ वर्षीय सनम राई समेत घाइते भई सोही अस्पतालमा उपचार भईरहेको छ ।