मिडलपोइन्टले अत्याधुनिक प्रविधियुक्त स्मार्ट एजुकेशन लागु गर्ने

विर्तामोड / विर्तामोडको मिडलपोइन्ट इलेमेन्ट्री स्कुलले गुणस्तरीय शिक्षा प्रदान गर्न सप्टवेयरको माध्यमबाट स्मार्ट एजुकेशन लागु गरी अध्यापन गराउने भएको छ ।

स्कूलले आज विद्यालय परिसरमा पत्रकार सम्मेलन गरी विद्यालयले शरु गर्न लागेको नयाँ शैक्षिक पद्धतीबारे जानकारी दिएको हो ।

विद्यालयका रेक्टर प्रनिल धिमालका अनुसार स्कूलले यो शैक्षिक सत्रदेखि स्मार्ट एजुकेशनको अवधारणा अनुसार पठनपाठन गराउने छ ।

‘स्मार्ट एजुकेशन भनेको धेरै फिइ लिएर दिइने शिक्षालाई मात्र सम्झनु हुँदैन’- विद्यालयका रेक्टर धिमालले भने ‘हामी शस्तो सुलभ दरमा अभिभावकलााई थप भार नपर्ने गरी अत्याधुनिक शिक्षा प्रदान गर्न चाहन्छौ ।’

उनले भने विद्यालयको शिक्षा अब मोबाइलमा हेर्न र पढ्न सकिने छ । विद्यालयले अस्ट्रेलिया , अमेरीकालगायतका देशमा प्रयोग गरिएको स्कूल ट्रयाक सप्टवेयर प्रयोग गरेर अध्यापन गराउने बताए ।

कक्षाकोठाको आधुनिक डेक्सबेञ्च


यो प्रविधि विकसित देशमा मात्रछ झापामा पहिलो पटक यो पद्धतीबाट पढाउने विद्यालय मिडल पोइन्ट स्कूल मात्र हो । यो सप्टवेयरको माध्यमबाट विद्यालयमा आफ्ना नानीबाबुहरुले गरेको दैनिक क्रियाकलाप पनि अभिभावकले घरमै बसेर मोवाइलमा हेर्न सक्नेछन् ।

अत्याधुनिक कम्प्युटर ल्याब र एसीसहितको कक्षा कोठामा बसेर बालबालिकाले पढ्न पाउने भएका छन् । विद्यालयमा भएको सप्टवेयर घरको मोवाइलमा कनेक्ट गरेर शिक्षकले पढाए नपढाएको, शिक्षकले होमवर्क दिएनदिएको सबै हेर्न सकिने पनि रेक्टर धिमालले जानकारी दिएका छन् ।

विद्यालयले स्मार्ट क्लास सञ्चालनका लागि अत्याधुनिक डेक्सबेन्च, आधुनिक कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, सिसि क्यामेकासाथै प्रत्येक कक्षाकोठामा एसी जडान गरेको छ ।

कक्षाकोठाको आधुनिक डेक्सबेञ्च


विद्यार्थी भर्ना गर्दा निशु:ल्क एकसेट कपी उपलव्ध गराउने, स्कूल हाउस ड्रेस उपलव्ध गराउने, महिनामा एकपटक सबै विद्यार्थीको स्वास्थ्य परिक्षण गराउने, मन्टेश्वरी ल्याबको व्यवस्था, इन्टरनेट सुविधासहितको आइटी ल्याब, फुडसल एरिना खेल मैदान, विदेशी शिक्षकको माध्यमबाट न्यूजिलेण्डमा विकास गरिएको थ्रिडिआई कक्षा सञ्चालन जस्ता सुविधा थप गरिएको रेक्टर धिमालले जानकारी दिए ।

हाल २५० विद्यार्थी रहेको स्कूलमा जम्मा ३५० विद्यार्थी पुगेपछि भर्ना रोक्ने र एउटा क्लासमा २५ भन्दा बढी विद्यार्थी भर्ना नलिने धिमालले बताए ।

यो सबै सुविधाको लागि विद्यालयले आफ्नो भौतिक पूर्वाधार निर्माणलाई विशेष ध्यान दिएको विद्यालयका शैक्षिक प्रमुख केशव सापकोटाले जानकारी दिए ।

गुणस्तरीय शिक्षाका लागि भावि पुस्ताले भारतको दार्जि्लिङ् जानु नपरोस भनेर हामीले आजको आवश्यकता अनुसार शिक्षा दिने प्रयास गरेको सापकोटाले जानकारी दिए ।

कक्षा नर्सरीदेखि ८ कक्षासम्म सञ्चालन हुने सो विद्यालयमा हाल अतिरिक्त कक्षाको रुपमा नृत्य, गायन, पौडी, मार्सलआर्टसलगायतका कक्षा सञ्चालनमा छ ।

मिडलपोइन्ट स्कूलले भौतिक संरचनादेखि लिएर शैक्षिक गुणस्तर कायम गर्न नयाँ प्रविधिको अवलम्बन गर्ने जमर्को गरेको विद्यालयका प्रिन्सिपल सदिक्षा श्रेष्ठले जानकारी दिइन् ।

मिडल पोइन्टमा पढेर निस्केका विद्यार्थी जुुनसुकै शिक्षण संस्थामा फिट हुनसक्ने बनाउने प्रयास रहेको पनि उनले जानकारी दिइन् ।