गोलधाप रामजानकी मन्दिरमा श्रीमद्भागवत महापुराण लाग्ने

गोलधाप / झापाको हल्दिबारी १ गोलधापस्थित रामजानकी तथा त्रिपुरेश्वर शिवालय मन्दिरमा श्रीमद्भागवत महापुराण धनधान्याचल विराट ज्ञानमहायज्ञ हुने भएको छ । महापुराण चैत २३ गतेदेखि बैशाख १ गतेसम्म चल्नेछ ।

सदाझै लाग्ने रामजानकी मन्दिरको महापुराणमा प्रमुख कथाबाचक सूर्यप्रसाद सुवेदी र पंडित प्रकाशमणी खनालले पाठपारायण गर्ने छन् । अनुष्ठानमा दक्ष कलाकारबाट भक्ती संगीत, भजन किर्तन गरिने छ ।

रामजानकी तथा त्रिपुरेश्वर शिवालय मन्दिरलाई धार्मिक एवम् पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै मन्दिरको घेराबारा गर्ने उदेश्यले धार्मिक अनुष्ठान पुराण आयोजना गर्न लागिएको पुराण आयोजक मूल समितिका अध्यक्ष कृष्णप्रसाद पोखरेलले जानकारी दिए ।

पुराणबाट बचेको रकमले गणेश मन्दिरको जिर्णेद्वार गर्ने र निर्माण सम्पन्न हुन बाँकी मन्दिरहरुको निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको मूल आयोजक समिति अध्यक्ष पोखरेलले बताए ।

महायज्ञमा तुलादान, ब्रतबन्ध, गुन्यूचोली, पितृपुजन, भूमिदान तथा पितृउद्धार कार्य समेत गरिने बताइएको छ ।

चैत्र २३ गते विहान शोभायात्रासहित यज्ञको उद्घाटन गरिने छ भने २४ गतेदेखि ३० गतेसम्म पाठपारायण संगीतमय कथा प्रवचन हनेछ ।

महायज्ञको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रतिनीधिसभाका सांसद् राजेन्द्र लिङदेनले गर्ने कार्यक्रम रहेको छ भने महायज्ञमा विशिष्ट अतिथि प्रदेश सभासद् पूर्णप्रसाद राजवंशी, ओम सरावगीलगायतको पनि उपस्थिति रहनेछ ।