त्रिभुवन विमानस्थलबाट एकै परिवारका पाँच जना ठूलो परिमाणमा विदेशी मुद्रासहित पक्राउ

काठमाडौं / प्रहरीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा विदेशी मुद्रासहित एकै परिवारका ५ जनालाई पक्राउ गरेको छ । शनिबार विहान पौने २ बजे थाई एयरको फलाइट नं. टीजी३२० मार्फत काठमाडौंबाट बैंककतर्फ जान लागेका उनीहरुमध्ये दुई जना नाबालक छन् ।

विमानस्थलका एसएसपी सन्दीप भण्डारीका अनुसार, पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–७ मित्रपार्क निवासी ४८ वर्षीय सुवास श्रेष्ठ, उनकी श्रीमती उमादेवी श्रेष्ठ, १७ र ४ वर्षका उनका २ छोरी र ११ वर्षका १ छोरा छन् ।

प्रहरीले उनीहरुबाट २१ हजार १ सय ५० थाइ भाट, १३८० यूरो, १० हजार यूएसडी र ८० हजार चाइनिज युआन फेला पारेको छ । पक्राउ परेका नाबालकसहित पाँचै जनालाई अहिले प्रहरीले त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयमा राखेको छ ।

पक्राउ परेका सुवास काठमाडौंस्थित त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका क्याफे सञ्चालक हुन् । आईजीपी सर्वेन्द्र खनालसँग उनको निकटता छ । राजधानीबाट