समुदाय प्रहरी साझेदारीमा सचेतनामुलक कार्यक्रम

जलथल / झापाको हल्दिबारी-३, जलथलमा आज सरसफाई, महिला बालबालिका तथा घरेलु हिंसा, दैवीप्रकोप सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

सामुदायिक प्रहरी साझेदारी जलथलको आयोजनामा भएको एकदिने सचेतनामुलक कार्यक्रममा वाल क्लव, विद्यालयका बालबालिका, युवा क्लव, सामुदायिक वन,टोल विकास संस्था, प्रहरी स्थानीय संघसंस्थाको उपस्थिति थियो ।

कार्यक्रममा चेतनामुलक पोष्टर र प्ले कार्डसहित र्याली निकालिएको थियो । र्यालीमा चिल्ड्रेन गार्डेन मावि, जलथल बालक्लव, बालक्लव हल्दिबारी ३, ढडुवा युवा क्लव, कल्याण साकोस, सामुदायिक वन, जलथल प्रहरी चौकी, टोल विकास संस्था, साजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति रहेको जलथल बाल क्लबका अध्यक्ष अविशेक खतिवडाले जानकारी दिए ।

सचेतनामुलक कार्यक्रमको संयोजन जलथल प्रहरी चौकीका प्रमुख एकराज फुयालले गरेका थिए । बाल क्लव अध्यक्ष अविशेकले सञ्चालन गरेको कार्यक्रममा ५५ जनाको सहभागिता थियो ।

स्थानीय ढडुवा बजारमा आयोजित कार्यक्रममा महिला तथा बालबालिकामा हुने हिंसा अन्त्य गरौं , हिंसा रहित समाजको निर्माण गरौ, हाम्रो आह्वान महिला तथा बालबालिका लाई सम्मान , हावा हुरि चलेको बेला आगो नबालौ तथा लाइटर सलाई बालबालिका देखि टाढा राखौ ,अपराधीक घटनाको तुरुन्त प्रहरीलाई खबर गरौं जस्ता नारा लेखिएका ब्यानर तथा प्लेकार्ड बोकेर सहभागीहरुले ढ्डुवा बजार परिक्रमा गरेका थिए ।

कार्यक्रममा जलथल प्रहरी चौकी प्रमुख तथा हल्दिवारी समुदाय प्रहरी साझेदारी कार्यक्रमका सचिव प्रहरी सहायक निरीक्षक एकराज फुयलले यस्ता जनचेतनामुलक कार्यक्र हल्दिबारीका अन्य वडामा पनि गरिने बताए । कार्यक्रमको सहजीकरण बाल क्लव अध्यक्ष अविशेकले गरेका थिए ।