बाल गायिका समिक्षा अधिकारीको ‘व्यूटीव्यूटी’ गीतको भिडियो रिलिज २७ चैतमा

विर्तामोड / सुमधुर स्वरकी धनी बाल गायिका समिक्षा अधिकारीको स्वरमा रहेको व्यूटीव्यूटी गीतको म्यूजिक भिडियो चाँडै आउने भएको छ ।

संगीतकार बसन्त सापकोटाको संगीतमा दुईवटा गीत गाएर चर्चामा रहेकी समिक्षाको व्यूटीव्यूटी तेस्रो गीत हो । सगीतकार टंक बुढाथोकीको संगीत रहेको फास्ट बिटकोे व्यूटीव्यूटी बोलको गीत समिक्षाले गाएकी छन् ।

हुन त बाल गायिका समिक्षाले यसबिचमा धेरै गीत गाइसकेको भएपनि रिलिज हुन बाँकी रहेको बताएकी छन् ।

यो पनि पढ्नुहोस्

विदेशिएका बाबुलाई चाँडै घर फर्कन भाइरल गायिका समिक्षाको आग्रह (भिडियो सहित)

कमर्सियल टाइपको स्वर भएका कारण डान्सिङ नम्बरमा समिक्षासँग काम गरेको संगीतकार टंक बुढाथोकीले बताएका छन् ।

यो गीतमा समिक्षालाई गायक सर्बिन बोगटीले साथ दिएका छन् । गीतको म्यूजिक भिडियो चैत २७ गते रिलिज गर्ने समिक्षाले फेसबुक स्टाटस मार्फत बताएकी छन् ।

गीतको शव्द सगोत्री आचार्यले कोरेका छन् भने म्यूजिक भिडियोमा सुनिल क्षेत्री र सृष्टी खड्काको अभिनय देख्न सकिन्छ । शिशिर श्रेष्ठले निर्देशन गरेको भिडियोमा नेपाली ठिटोज्ले सुपर पर्पमेन्स दिएका छन् ।

म्यूजिक भिडियो टंक बुढाथोकीको अफिसियल यूट्युब च्यानलबाट सार्वजनिक हुने गायिका समिक्षाले फेसबुक मार्फत बताएकी छन् ।