नेपाल वंशज परिषदको प्रथम राष्ट्रिय अधिवेशन सम्पन्न

कन्काई / नेपाल वंशज परिषदको प्रथम राष्ट्रिय अधिवेशन विविध कार्यक्रमका साथ शनिबार सम्पन्न भएको छ ।

झापाको कनकाइ नगरपालिका कोटीहोममा जिल्ला कार्यसमितिको आयोजनामा अधिवेशन सम्पन्न भएको हो ।

प्राध्यापक डाक्टर मेदीनी प्रसाद शर्मा नेपालको प्रमुख आतिथ्य तथा केन्द्रीय अध्यक्ष खेमराज नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासचिव डाक्टर शैलेन्दुप्रकाश नेपालले साङ्गठानिक र सह– कोषाध्यक्ष खगेन्द्र नेपालले आर्थिक प्रतिवेदन प्रस्तुत् गरेका थिए ।

समाजमा विशिष्ठ योगदान पुर्याउने मिना नेपाल, पर्शुराम नेपाल, भोजकुमारी नेपाल र मिनाक्षी नेपाललाई सम्मान गरिएको थियो ।

त्यसैगरि यूवराज, तिर्थराज, अग्नी, केदार, सीताराम, र लक्ष्मी नेपाललाइ जेष्ठ नागरिक सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न गजल, कविता समेत वाचन गरिएको थियो ।

अधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि अनिलकुमार उपाध्याय नेपालको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरिएको छ । समितिको बरिष्ठ उपाध्यक्षमा जनार्दन, उपाध्यक्षहरुमा एकमणि, डा.शैलेन्दुप्रसाद, रेवतीरमण रहेका छन् ।

त्यसैगरि, सचिवमा धर्मप्रसाद, हेमसागर र महासचिवमा शमिर नेपाल चयन भएका छन । समितिको कोषाध्यक्ष र सह–कोषाध्यक्षमा क्रमश खगेन्द्र र टिका भट्टराइ नेपाल रहेका छन् ।

समितिमा सवै जिल्लाका नेपाल बन्धुहरुको सरसल्लाहमा मिलाएर गठन गरिएको आयोजकले जनाएको छ ।