भीमफेदी कारागारमा झडप

मकवानपुर / ९ सय जनाभन्दा बढी बन्दी रहेको मकवानपुर भीमफेदीस्थित क्षेत्रीय कारागारमा कैदीबन्दीहरुबीच झडप भएको छ ।

आज बिहान कैदीबन्दीबीच भएको झडपको कारण भने खुलेको छैन । बिहानदेखि नै कारागारमा रहेका दुई पक्षिय बन्दीबिच विवाद भइरहेको स्रोतले जनाएको छ ।

विवादकै बीच कैदीबन्दीबीच हातहालाहालको अवस्था सिर्जना भएको जनाइएको छ । झडपमा कैदीबन्दी घाइते भएको नभएको थाहा हुन सकेको छैन ।

कैदबिन्दीबीच झडप भएपछि कारागारको सुरक्षा व्यवस्था कडा पारिएको जिप्रका मकवानपुरले जनाएको छ ।

बन्दीगृहमा झडप भएको र प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ । सुरक्षाका लागि जनपथ र सशस्त्र प्रहरी परिचालन गरिएको जनाइएको छ ।