एक व्यक्तिको मृत्युको विषयलाई लिएर मेची अञ्चल अस्पतालमा तनाव

भद्रपुर / झापाको भद्रपुर नगरपालिका ६ का एक व्यक्तिको उपचारका लागि अस्पताल पुर्याउनासाथ मृत्यु भएको छ ।

अत्याधिक मादक पदार्थ सेवन गरेका कारण सिकिस्त भद्रपुर नगरपालिका ६ का अन्दाजी ४५ वर्षीय गुलाव कामतीको उपचारका लागि मेची अञ्चल अस्पताल पुर्याउनासाथ मृत्यु भएको सुरक्षा स्रोतले जनाएको छ ।

सोमबार बेलुका ८:२५ बजे कामतीलाई उपचारका लागि अस्पताल ल्याउनासाथ मृत्यु भएको थियो । १५/२० जनाको समुहमा आएका मृतकका आफन्त र स्थानीयले उनको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै अस्पतालमा हुलदंगा गरेको थियो ।

मेची अञ्चल अस्पतालमा सो घटनाका कारण तनावको स्थिति रहेको स्रोतले जनाएको छ ।

मृतकका आफन्त अस्पताल अगाडी रोइरहेको अवस्था रहेको छ । अस्पतालमा कुनै अप्रिय घटना हुन नदिन जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली मेची  अस्पताल पुगी सकेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाबाट सोमबार बेलुका नै डिएस्पीको कमाण्डमा खटिएको प्रहरीको टोलीले अवस्थालाई सामान्य बनाएको बताइएको छ । घटनाको अनुसन्धान र बिस्तृत विवरण आउन बाँकी छ ।