पानखेतीमा नमुना बन्दै अर्जुनधाराका सुवास खरेल

केशवराज भण्डारी-

झापा / झापा अर्जुनधारा नगरपालिका वडा नं. १० कालिस्थानका २४ वर्षिय सुवास खरेल कालिबंला जाहाजी जातको पान खेतीवाट भविश्य खोज्दै छन ।

२०७४ साल वाट करिव ३ कठ्ठा क्षेत्रफलमा सुरु गरेको ब्यवसायिक पान खेतीवाट अर्जुनधारा १० कालिस्थानका युवा खरेल आम्दानीको चरणमा पुगेका छन् ।

भारतको कलकत्तास्थित कागदिपवाट विरुवा र सोही स्थानवाट प्राविधिक समेत ल्याएर सुरु गरेको एसियाकै दोश्रो जातको रुपमा परिचित कालिबंला जहाजी पान खेती झापा जिल्लाका लागि मात्र हैन नेपालमै पहिलो र नमुना खेती वनेको छ ।

नेपालमा खाइने विभिन्न स्वादको पानका लागि पत्ताहरु भारतवाट आउने गरेको अवस्थामा सुवासले नेपालमै उत्पादन गरेर एक चरणको विक्रि समेत गरीसकेका छन ।

ब्यवस्थापन संकाय तर्फ वि.वि.एस चौथो वर्ष अध्ययन गरिरहेका सुवास भन्छन “पढाइ ब्यवस्थापन संकायको भए पनि कृषि कर्म गर्ने सोच वनाएर पान खेतिको सुरुवात गरेको हुँ यस्वाट केहि गर्न सकिने संभावना देखेको छु ।”

सुवासका वुवा त्रिलोचन खरेलले सुरुवात गरेको पान खेतीवाट उत्पादित पानले वजारको माग धान्न नसकेको वताउँदै उनि भन्छन “अरु कृषि उपजका लागि वजारको समस्या सुन्ने गर्छु तर मलाई पान वेच्न न कसैलाई गुहार्नु पर्छ नत हाट वजार धाउनुनै पर्छ घरमै ब्यापारीहरु आउनु हुन्छ घरवाटै जाडो सिजनमा प्रति पत्ता रु ५ र गर्मी याममा प्रति पत्ता ३ रुपैयाँका दरले वेच्ने गरेको छु ।”

वजारमा ताजा पानको माग अत्याधिक रहेको हुँदा वजार माग अनुसार यसको खेती विस्तार गर्ने योजना रहेको वताउछन युवा उद्यमी सुवास ।

सुरुमा भारतवाट ११ सय विरुवा ल्याएर खेती प्रारम्भ गर्दा रु ५ लाख लगानी भएको वताउदै उनी भन्छन “नेपाल सरकारले कृषकका लागि अनुदान दिने गरेको वताए पनि हालसम्म आफुले अनुदान पाएको छैन भारतवाट विरुवा ल्याउँदा उल्टै चर्को भन्सार तिरेर ल्याउनु पर्यो ।”

भारतवाट विरुवा ल्याउँदा प्रति विरुवा नेपाली रु १५ परेको वताउदै सुवास भन्छन “११ सय विरुवा रोपेको १ वर्षमै लगभग १० हजार विरुवा वनाउन सफल भएको छु ।”

यो जातको पान खेती गर्नका लागि मुख्य गरी विरुवालाई खाद्य तत्वका लागि पिना र समय समयमा सिंचाइ सँगै भिटामिन दिनु पर्ने हुन्छ ।

पान खेती गरिएको स्थानमा कुनै पनि झारपात तथा अन्य वनस्पती उम्रन दिनु नहुने साथै रजश्वला भएका महिलाहरुले समेत पान खेती गरिएको ठाउँमा जानु नहुने, दैनिक सफाइमा ध्यान दिनु पर्ने, हावाहुरीवाट जोगाउनु पर्ने लगायतका सावधानीहरु अपनाउनु पर्ने वताउछन् पान खेतीमा सहयोग गरिरहेका लिलाप्रसाद खरेल ।

साधारण तया झापा जिल्लामा सुपारी, आँप, लगायतमा पान खेती गर्ने गरिएको भए पनि यो पान भने त्यसरी अन्य वोटमा लगाउने पान भन्दा फरक जात तथा गुणस्तरको भएका कारण कालि वंला जाहाजी जातको पान खेतीले वजार राम्रो सँग लिने तथा वजारको समस्या नहुने देखिन्छ ।