राजेन्द्र लिङ्देनलाई ज्यान मार्ने धम्की, धम्की दिने दुई जना पक्राउ

झापा / झापा क्षेत्र नं ३ का राप्रपा सांसद राजेन्द्र लिङ्देनलाई ज्यान मार्ने धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाका तिलकदास पराजुली र हुम्लाका प्रदीप रोकाया छन् । उनीहरु काठमाण्डौंको नयाँ बसपार्कबाट पक्राउ परेका थिए ।

सांसद लिङ्देनलाई केही दिनअघि फोन गरेर एक अपरिचित व्यक्तिले पैसा मागेका थिए । लगत्तै उनलाई मोबाइलको म्यासेजमा ‘५० लाख नदिए ज्यान जाला !’ भन्ने लेखिएको म्यासेज आएको थियो

सांसद  लिङ्देनले आफूलाई धम्की आएको भन्दै सोमबार ट्वीट गरेका थिए ।

ट्वीटरमा उनले लेखेका छन्, ‘के कसैले पचास लाखको लोभमा ममाथि गोली चलाउन सक्ला ? के मलाई गोली हनाउन पचास लाख खर्च गर्ने कोही होलान् त ? के कसैले गोली ठोक्ला कि भनेर राजेन्द्र लिङ्देन बाटो छोडेर हिँड्छ भनेर कसैले सोचेको होला ? के निर्धारितत मिति भन्दा एकैक्षण पर बाँच्ने ताकत कसैसँग होला? ’

पक्राउ परेकालाई प्रहरीले अनुसन्धान थालेको छ ।