विर्तामोडका महिलालाई सिलाई–कटाई तालिम

विर्तामोड / महिलाहरुलाई सीपमुलक तालिम प्रदान गरी व्यवसायिक बनाउने तथा व्यवसायिक सीप प्राप्त गरेको प्रमाण पत्र प्रदान गर्ने उद्देश्यले झापाको बुट्टाबारीमा ३ महिने सिलाई–कटाई तालिम सुरु भएको छ ।

सामाजिक विकास मन्त्रालय १ नम्बर प्रदेश र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको सहयोगमा मनमोहन स्मृति टेक्निकल कलेजको सञ्चालन तथा क्रिएसन मन्टेश्वरीद्वारा आयोजित तालिममा विर्तामोड नगरपालिका वडा नं.–६ र अर्जुनधारा नगरपालिका वडा नंं.–११ का २० जना महिलाको सहभागिता रहेको छ ।

बुधबार देखि सुरु भएको तालिमको उद्घाटन विर्तामोड नगरपालिका–६ का वडाध्यक्ष सूर्य कन्दङ्वाले गरेका थिए ।

मनमोहन स्मृति टेक्निकल कलेजका प्रमुख सुदिप अधिकारीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथि कन्दङ्वा, वडा नंं–६ की महिला वडासदस्य पवित्रा ढुङ्गाना, सोभा विक, प्रशिक्षार्थी सरस्वती ढकाल लगायतले मन्तव्य राखेका थिए ।

कुसुम बरालले सञ्चालन गरेको कार्यक्रमको औचित्यमाथि सभाध्यक्ष अधिकारीले प्रकाश पारेका थिए ।