लोकसभा निर्वाचन शुरु : पहिलो दिन १८ राज्य र दुई केन्द्र शासित प्रदेशमा मतदान सम्पन्न

बिबिसी / भारतमा आम चुनावको पहिलो चरण अन्तर्गत १८ राज्य र दुई केन्द्र शासित प्रदेशमा मतदान सम्पन्न भएको छ। ती मतदान ९१ वटा सीटको लागि भएको हो।

त्यसक्रममा ठूला प्रदेशहरू उत्तरप्रदेश, बिहार, पश्चिम बंगाल लगायतका विभिन्न निर्वाचन क्षेत्रमा मतदान भएको हो।

सरकारी विवरण अनुसार साँझ पाँच बजेसम्म बिहारमा ५०.२६ प्रतिसत, पश्चिम बंगालमा ८० प्रतिसत, उत्तर प्रदेशमा ५९.७७ प्रतिसत, उत्तराखण्डमा ४६.५९ प्रतिसत, उडिसामा ६६ प्रतिसत, तलंगानामा ६०.५७ प्रतिसत, जम्मु कश्मीरमा ४६ प्रतिसत, सिक्किममा ५५ प्रतिसत, मणिपुरमा ७८.२० प्रतिसत, मिजोरममा ५५.२० प्रतिसत, नागाल्याण्डमा ७३ प्रतिसत, आसाममा ६८ प्रतिसत र मेघालयमा ६२ प्रतिसत मत खसेको थियो।