पत्रकार महासंघ झापाको साधारणसभा सम्पन्न

विर्तामोड / सुधारात्मक टिप्पणीसहित सांगठनिक र आर्थिक प्रतिवेदन पास गर्दै नेपाल पत्रकार महासंघ झापा शाखाको वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।

साधारणसभाको बन्दसत्रमा झापा शाखाका सचिव सन्तोष आचार्यले प्रस्तुत गरेको सांगठनिक र कोषाध्यक्ष ईश्वर अधिकारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा सदस्यहरुले सुझावसहित टिप्पणी गरेका थिए ।

साधारणसभामा सचिव आचार्यले महासंघको सांगठनिक र कोषाध्यक्ष ईश्वर अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिवेदन माथिको छलफलमा सहभागी हुँदै सदस्यहरु राजेन्द्र गौतम, अनिल ढुङगाना, उमाकान्त खनाल, सुब्रत नेउपाने, प्रदिप परियार, कुमार भट्टराई, आत्माराम राजवंशी, धर्मेन्द्र भट्टराई, इन्दु पूर्वेली,विशाल नेम्वाङ र रमेश समदर्शी राईले आ आफ्नो सुझावसहितको टिप्पणी राखेका थिए ।

बन्दसत्रमा उठेका सुझावहरुलाई समेटेर पुनः प्रतिवेदन सार्वजनिक गर्ने सचिव आचार्यले जवाफ दिएपछि हलले पारित गरेको थियो ।

साधारणसभाको बन्दसत्रमा सहभागीहरुले पत्रकार आचारसंहिता, पत्रकार उपचार कोष, एसएल शर्मा सृजनशील पत्रकारीता पुरस्कार, महासंघ सुद्धिकरण अभियान, झापाका अनलाइन, रेडियो, टेलिभिजन, दैनिक तथा साप्ताहिक पत्रपत्रिका, घाइते पत्रकारको उपचार, पत्रकारको न्यूनतम पारिश्रमिक वितरण जस्ता विषयमा आफ्नो सुझाव राखेका थिए ।

बन्दसत्रको सहजीकरण गणेश पोखरेल, पर्वत पोर्तेल र रेजिना रोदन रहेको ३ सदस्यीय अध्यक्ष मण्डलले गरेको थियो ।

प्रतिवेदन माथि उठेका समसामयिक टिप्पणीहरुलाई पत्रकार राजेन्द्र गौतमले प्रस्तुत गरेका थिए ।

साधारणसभाको उद्घाटनसत्र पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश विष्टको प्रमुख आतिथ्यमा भएको थियो ।

कार्यक्रममा प्रदेश अध्यक्ष विक्रम लुइटेल, पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी, विभिन्न संगठनका तर्फबाट मुक्ति पौडेल, टीकाराम उपे्रती, विशाल नेम्वाङ, इन्दु पूर्वेली र लीला अनमोलले मन्तव्य राखेका थिए ।

झापा शाखाका अध्यक्ष तारामणी सापकोटाको सभापतित्वमा भएको कार्यक्रम सचिव सञ्तोष आचार्यले सञ्चालन गरेका थिए ।