हल्दिबारी माविले मनायो ४६औं वार्षिक उत्सव,उत्सवमा दर्जनौं पुरस्कृत

हल्दिबारी / नमुना हल्दिबारी माध्यमिक विद्यालयले ४६औं वार्षिक उत्सव भव्यताका साथ मनाएको छ । वार्षिक उत्सवका अवसरमा विद्यालयले उत्कृष्ट शिक्षक, कर्मचारी, अभिभावक र विद्यार्थीलाई सम्मान र पुरस्कृत गरेको छ ।

वार्षिक उत्सव समारोहमा विद्यालयले सेवा निवृत शिक्षक लक्ष्मीप्रसाद पोखरेल र रामचन्द्र शर्मालाई सम्मानका साथ विदाई गरेको छ ।

सो अवसरमा विद्यालयले उत्कृृष्ट वर्ष शिक्षकको रुपमा मावितर्फ झमक बस्नेत, सुधिर सुबेदी, रमेशचन्द्र पौडेल, कृष्णप्रसाद खतिवडा, मीनप्रसाद निरौला, निमावितर्फ पूजा शर्मा, यामप्रसाद खरेल, सोमबहादुर तामाङ, वाल शिक्षक भद्राकुमारी राजवंशी, मन्टेश्वरी शिक्षक इन्दिरा ढकाल, खेलकुद विद्यातर्फ मित्रबहादुर बस्नेत, नरनाथ राजवंशी, विजयकुमार बस्नेत, बुद्धिप्रसाद खतिवडा, कर्मचारीतर्फ तुलाराम बस्नेत र कुलमान तामाङलाई नगद र कदरपत्रले पुरस्कृत गरिएको थियो ।

पुरस्कृत सबै शिक्षक कर्मचारीलाई जनही नगद ४ हजार रुपैयाँ र कदरपत्र प्रदान गरिएको थियो ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि झापा क्षेत्र नं ३ का प्रदेश सभासद पूर्णप्रसाद राजवंशी, पूर्व संविधानसभा सदस्य मोहन टुडु, विद्यालयका प्रधानअध्यापक टंक पाख्रिनलगायतले कदरपत्र प्रदान गरेका थिए ।

सोही कार्यक्रममा उत्कृष्ट अभिभावकको रुपमा प्रल्हाद नेउपाने र कोपिला बस्नेतलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा हल्दिबारी गाँउपालिकाले आयोजना गरेको अध्यक्ष तथा उपाध्यक्षकप खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम दितिय र तृतीय हुने विद्यार्थीलाई जनही ५ सय, ४ सय र ३ सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।

त्यसैगरी, सोही कार्यक्रममा विद्यालयको वार्षिक परिक्षामा प्रथम दितिय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

सर्वोत्कृष्ट अंक, हाजिरी, सरसफाई लगायतका विद्यामा विद्यार्थीलाई पुरस्कृत गरिएको विद्यालयका प्रअ टंक पाख्रिनले जानकारी दिए । वार्षिक उत्सव कार्यक्रममा विभिन्न सांगितिक नृत्यका साथै खेलकुद पनि सञ्चालन गरिएको थियो । अनुमानित तौल, महिलाहरुको म्यूजिकल चियर, मोटरसाइकल स्लोलगायतका खेल पनि खेलाइएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र योङहाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद पूर्णप्रसाद राजवंशी, पूर्वसंविधानसभा सदस्य मोहन टुडु, नेपाली कांग्रेसका गाँउ समिति अध्यक्ष गंगा प्रसाई, हल्दिबारीका गांउ शिक्षा समिति अधिकृत दिनेश आचार्य, हल्दिबारीका श्रोत व्यक्ति सूर्य सापकोटा, सम्मानित शिक्षक लक्ष्मीप्रसाद पोखरेल, पूर्व प्रधानाध्यापक नरेन्द्र कार्की अध्यक्ष योङहाङलगायतले विद्यालयको गतिविधिबारेमा आ-आफ्नो विचार राखेका थिए ।

कार्यक्रममा विद्यालयका प्रअ पाख्रिनले कार्यक्रमको औचित्य प्रकाश पारेका थिए । शिक्षक तुलसी कोइरालाले आगन्तुकलाई स्वागत गरेका थिए ।