कर्णाली साकोसका सचिव बस्नेत मोटरसाइकलको ठक्करबाट घाइते

विर्तामोड / कर्णाली बचत तथा ऋण सहकारी संस्था लिका सचिव भूपाल बस्नेत मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन् ।

बस्नेतलाई शनिबार दिउसो करिब १ बजेतिर विर्तामोड भद्रपुर रोडमा कचनकवल गाउपालिकाका वडाअध्यक्ष कुलबहादुर कार्कीले चलाएको मोटरसाइकलले ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट बाँया खुट्टाको गोलीगाँठो फुटेको बस्नेतले सामाजिक सञ्जाल फेसबुक मार्फत बताएका छन् ।

उनको विर्तामोडको कन्काई हस्पिटलमा उपचार भएको छ । उपचारपछि ३ महिना आराम गर्ने डाक्टरले सल्लाह दिएको बस्नेतले उल्लेख गरेका छन् । उनले फेसबुकमा लेखेका छन्- ‘मलाई भगवानको अनुकम कृपा भयो।’

भूपाल बस्नेत