‘विस्तारै हिड्ने होइन दौडने समयआएको छ’ प्रधानमन्त्री ओली

काठमाण्डौ / प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँवर्षको अवसरमा आज राष्ट्रका नाममा सम्बोधन गर्दै विस्तारै हिड्ने होइन दौडने समय आएको बताएका छन् ।

दौडन सकेममात्र समृद्धीको यात्रा पुरा हुन सक्छ भन्दै प्रधानमन्त्री ओलीले सबैले त्यसतर्फ लाग्न नयाँ वर्षले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

आफ्नै निवास बालुवाटारबाट देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जालझेल, नक्कली भ्याट बिल प्रकण, घरजग्गा कारोबार संगठित अपराध जस्ता विषयमा छानविन भइरहेको जानकारी दिए ।

ओलीले आफुले चालेका सकारात्मक कदमहरुले समृद्धीको दिशामा प्रतिफल दिन थालेको पनि बताए । प्रधानमन्त्रीले अतिकम विकसित मुलुकको रुपमा लागेको ट्याग हटाउन तीब्र रुपमा काम गर्नुपर्ने दायित्व रहेको बताए ।

सन् २०३० मा तोकिएको दीगो विकास लक्ष्य भेट्टाउनै पर्छ । यसको लागि हामीरहामी बीचको दौड(प्रतिस्पर्धा अफ्रिकी सिंह र हरिणको जस्तै हुनु आवस्यक छ ओलीले भने ।

सम्बोधनका क्रममा ओलीले सरकार गठनपछि गरेका कामहरुको विवरण प्रस्तुत गर्दै विकासका गतिविधिले जनतामा के कस्तो फाइदा भएको छ समिक्षा गर्नुपर्ने बेला आएको पनि बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘हामीसित समयको सीमा छ, गर्नुपर्ने काम भने असिमित छन् । समयको गति समाउन मैले पनि आफूलाई, यो तीब्र गतिको दौडमा सामेल गरिरहेको छु ।

प्रत्येक परिश्रमी नेपालीझैं मैले पनि आफूलाई, हरेक दिन सामान्यतः विहान ६ बजेदेखि राति १२ बजेसम्म सक्रिय राखेको छु ।’