पुरुषहरुको ध्यान रोक्न बालिकाको स्तन डाम्ने कुप्रथा कायमै

लन्डन, (एजेन्सी) / वेलायतको राष्ट्रिय शिक्षा संघले कलिला बालिकाहरुलाई उत्पीडनबाट जोगाउनका लागि बिद्यालयका पाठ्क्रममा स्तन पोल्ने कुप्रथाबारे जनचेतना फैलाउने शिक्षा समावेश गरिनुपर्ने जनाएको छ ।

स्तनको विकास रोकेर पुरुषहरुको ध्यान तान्न नसकुन भन्ने उद्देश्यले तातो वस्तुले स्तनमा पोल्ने कुप्रथा रहिआएको छ । कन्जरभेटिभ विधायिका निकी मोर्गानले यस सामाजिक विकृति रोक्नका लागि शिक्षकहरुलाई पनि शिक्षा दिइनुपर्ने विचार व्यक्त गरेकी छिन् ।

गृह मन्त्रालयले यस समबन्धमा सजग गराउनु शिक्षकको कर्तव्य भएको जनाएको छ । हाल संयुक्त अधिराज्यमा वसोवास गरिरहेकी किनाया ( परिवर्तित नाम ) को परिवार यसरी छाती पोल्ने प्रथा भएको पश्चिमी अफ्रिकाबाट आएका हुन् । उनी दस वर्षको कलिलो उमेरमा यस कुप्रथाको शिकार भएकी थिइन् ।

आमाले मलाई यदि छाती पोलिन भने केटाहरु मसंग यौन समपर्क गर्न आउन थाल्छन् भन्नुभएको थियो । ’ यस्तो कार्यमा प्रायशः बालिकाकी आमा लाग्ने गर्छिन् । तिनीहरुले ढुँगा वा चम्चा तताएर बालिकाको छातीमा डाम्ने र थिच्ने गर्छन् । यस्तो कार्य महिनौं सम्म पनि दोह¥याइन्छ । किनाया भन्छिन् , ‘ समयले पनि यस प्रकारको पीडा बिर्साउँदैन ।

यसरी डामिँदा रुन पनि दिँइदैन । यदि रोइयो भने रुने बालिकालाई मन कमजोर र परिवारको इज्जत फाल्न सक्नेको रुपमा हेरिने गरिन्छ । ’ अहिले वयस्क भइसकेकी किनायाको पनि दुई छोरी छन् । उनकी जेठी छोरी दस वर्षकी हुँदा उनकी आमाले नातिनीको पनि स्तन डाम्नु पर्ने बताएकी थिइन् ।

तर किनायाले आमाको प्रस्ताव ठाडै अस्विकार गरेकी थिइन् । आफ्ना सन्तान माथि कुनै पनि समय त्यो कार्य हुनसक्ने खतराको कारण किनाय परिवार बाटै टाढिन थालिन् ।

वेलायतमा मात्र यसरी स्तन डामिएका एक हजार बालिका रहेका अनुमान गरिएको छ । विश्वमा महिलाको योनीको भग्नासा काट्ने कुप्रथाको चर्चा जताततै हुने गरिएपनि स्तन डाम्ने विषय त्यति प्रचारमा आएको देखिँदैन ।newsofnepal