लुक्लामा समिट एयरको विमान दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं / समिट एयरको विमान भर्खरै लुक्लामा दुर्घटना भएको छ । नाइन एन–ए एम एच कलसाइन भएको दुर्घटना दुर्घटना भएको हो ।

दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको छ।

मौसममा आएको खराबीले विमान दुर्घटना भएको आशंका गरिएको छ ।

मनाङ एयरकाे हेलिकप्टरमा ठेाकिएर दुर्घटना भएकाे लुक्ला विमानस्थल कायार्लयले जानकारी दिएकाे छ ।

लुक्लाबाट रामेछापका लागि उडेकाे विमान ‘सुइङ’ भएर उक्त हेलिकप्टरमा ठाेक्किएकाे थियाे ।

विमान दुइ टुक्रा भएकाे छ । अहिले लुक्ला विमानस्थल बन्द गरिएकाे छ । दुर्घटनाको बिस्तृत बिबरण भने आउन भने बाँकी छ । newsofnepal