गायिका टिका प्रसाँईको ‘सुम्पेको छु जीवन’ सार्बजनिक

बिर्तामोड / चर्चित गायिका टिका प्रसाईकोे नवबर्षको कोशेली ‘सुम्पेको छु जीवन’ सार्बजनिक भएको छ । आरबी थापाको शब्द अनि संगीत रहेको गीतको भिडियो ओएस आर डिजीटल मार्फत बजारमा आएको हो ।

उक्त गीतको भिडियो भारतको सिक्किम र झापाको सेल्फीडाँडालगायत स्थानमा छायाङ्कन गरिएको हो ।

गायिका टिका प्रसाईको विशेषत माया लुकी लुकी, नाई मलाई थाहा छैन जस्ता फास्ट विटका गितहरु अहिले बजारमा चर्चित छन् ।

उनको योे विल्कुल फरक आधुनिक धारको गित भएपनि यस्लाई पनि गीतसंगीत प्रेमीले उक्तिकै माया गर्ने कुरामा निर्माण पक्ष विस्वस्त रहेको छ ।

भिडियोमा मधु न्यौपाने, विना दङ्गाल र रुपा कट्टेलको अभिनय देख्न सकिन्छ । कार्यक्रम प्रस्तोताको रुपमा चिनिएका मोडेल न्यौपाने हाल सञ्चार क्षेत्रमा भन्दा बढी मोडलिङमा व्यस्त देखिएका छन् ।

यसअघि दर्जन बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका न्यौपानेले हिन्दी गितमा पनि आफ्नो अभिनय प्रस्तुत गरीसकेका छन् ।
सुन्दर लावतीको निर्देशन र सम्पादन रहेको भिडियोमा अर्जुन सापकोटाको छायांकन रहेको छ ।