प्रतिदिन दैनिकका सम्पादक राजेन्द्र गौतम घाइते

विर्तामोड / प्रतिदिन दैनिकका सम्पादक पत्रकार राजेन्द्र गौतम स्कुटर दुर्घटनामा परी घाइते भएका छन् ।

झापाको गौरादह नगरपालिका ९ बैगुनधुरा दहगाँउमा आज विहान ९ ३० बजे पानी जमेको खाल्डो सडकमा स्कुटर पल्टिँदा घाइते भएका हुन ।

स्कुटर पल्टिँदा उनको दाहिने हात भाँच्चिएको छ । दाहिने पाखुराको हड्डी भाँचिनुका साथै कुहिनाको जोर्नी फुस्किएको गौतमले बताए ।

दमक जान हिँडेको छोरालाई गाडी चढाउन बस स्टेण्डसम्म लिएर जाने क्रममा हिलाम्मे सडकको खाल्डोमा स्कुटर पल्टिएको उनले बताए । उनका छोरा प्राञ्जल गौतम सकुशल छन् । पत्रकार गौतम काकाको घरमा पुराण लागेपछि बैगुनधुरा गएका थिए ।

गौतमको दमकस्थित नमस्ते हस्पिटलमा उपचार गरिएको छ । उपचारपछि डाक्टरले १ महिना आराम गर्ने सल्लाह दिएको बताएका छन् । गौतमलाई हाम्रो पनि शिर्घस्वास्थ्य लाभको कामना छ ।