वैशाख २ लाई विद्यार्थी भर्ना दिवसको रुपमा मनाउने सरकारको निर्णय

काठमाडौं / मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले हरेक वर्ष वैशाख २ लाई विद्यार्थी भर्ना दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।

सरकारले यस वर्षका लागि ‘सबै वालवालिकालाई विद्यालय पठाऔं, नेपाललाई शिक्षित देश बनाऔं’ भन्ने नारा  तय गरेको छ । विद्यार्थी भर्ना अभियान वैशाख १६ गतेसम्म चल्नेछ ।