वडास्तरीय खुलकुद बिकास समिति गठन

अविशेक खतिवडा –
जलथल / खेलकुदमा युवाहरुको सक्रियता बढाई खेलकुदको विकास गर्ने उश्यले आज हल्दिबारी गाउँपालिका वडा नं ३ मा वडा स्तरीय युवा तथा खुलकुद बिकास समिति गठन गरिएको छ ।

वडा स्तरीय युवा तथा खुलकुद विकास समिति गठन तथा परिचालन कार्यविधि २०७५बमोजिम वडास्तरीय युवा तथा खुलकुद विकास समिति गठन गरिएको हो ।

हल्दिबारी वडा नं ३ की सदस्य सर्मिला बिकको संयोजकत्वमा गठित समितिको सदस्य सचिवमा वडासचिव भजन संग्रौला रहेका छन् भने
सदस्यमा अबिशेक खतिवडा (अबि),श्याम महतो,मनिसा पुरी, हिमकला गिरी ,जीवन याखा, बिनोद मेचे ,कमल ओली,गुणराज निरौला, तीर्थराज भारती ,कुसुम गिरी र दिनेश मेचे रहेका छन् ।

वडास्तरमै खेलकुदको विकास तथा प्रवर्धन गर्ने उदेश्यले युबा तथा खुलकुद समिति गठन गरिएको समितिका सदस्य अविशेक खतिवडाले बताए ।

वडा कार्यालयमा आज एक भेलाको आयोजना गरी गाँउपालिकाको निर्देशनमा १३ सदस्यीय खेलकुद समिति गठन गरिएको हो ।