उत्कृष्ट नागरिक सम्मान वैशाख ५ गते

विर्तामोड / वीरता जेसीज पूर्व अध्यक्ष क्लवको अगुवाइमा वैशाख ५ गते विहीबार बिर्तामोडको अतिथि सदनमा उत्कृष्ट नागरिक सम्मान कार्यक्रम हुँदैछ ।

वीरता जेसीज पूर्व अध्यक्ष क्लवको अगुवाई तथा झापाका सवै जेसीज शाखा एवं सामाजिक संस्था गरी १०० बढी संस्थाले साझा कार्यक्रमको रुपमा उत्कृष्ट घोषित एक नागरिकलाई सामूहिक सम्मान प्रदान गर्ने कार्यक्रम छ ।

वीरता जेसीजले सञ्चार तथा सामाजिक संस्थालाई समेत उक्त सम्मान समारोहमा सहभागीताको लागि आग्रह गरेको छ ।

२०५२ सालबाट सुरु भएको यो सम्मान अन्तर्गत झापाका एक जना विशिष्ठ व्यक्तिलाई उत्कृष्ट नागरिकको रुपमा चयन गरी स्वर्ण पदक, नगद, सम्मानपत्रलगायतले सम्मान गरी आकर्षक झाँकी सहित नगर परिक्रमा गराएर निवास सम्म पुर्याइन्छ ।

जिल्लामा असल र उत्कृष्ट काम गर्नेलाई प्रेरित गर्न तथा अरुलाई पनि त्यस्तै कार्यका लागि सकारात्मक प्रेरणा प्रदान गर्न सार्वजनिक सूचना आह्वान र छनोट समितिको निर्णय बमोजिम उत्कृष्ट नागरिकको चयन गरी सम्मान गर्दै आएको बताइएको छ ।

यस बर्ष उत्कृष्ट नागरिक सम्मानका लागि ‘राष्ट्रसेवा’ विधा चयन गरिएको छ ।

पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा यो समारोह सम्पन्न हुने कार्यक्रमका संयोजक राजेन्द्र चौलागाइले जनकारी दिएका छन् । यो कार्यक्रमलाई मुलुकमै फरक ,आकर्षक र उत्कृष्ट कार्यक्रमको रुपमा हेरिदै आएको छ ।