प्रदेशसभा सचिव नियुक्ति गर्न बनेको विधेयक पारित

विराटनगर / प्रदेशसभा १ को बैठकले प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्बसम्मतले पारित गरेको छ ।

विधेयक परित भएसँगै प्रदेश सरकारलाई प्रदेशसभा सचिवालयको सचिव नियुक्त गर्न बाटो खुलेको छ । अब सरकारले राजनीतिक रुपमा प्रदेशको प्रमुख सचिवको श्रेणी, हैसियत र बराबर सुविधा दिने गरी प्रदेशसभा सचिवको नियुक्ति गर्नेछ ।

अहिले निजामति तर्फका उपसचिवले प्रदेशसभाको नेतृत्व गरिरहेका छन् ।

प्रदेशसभामा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक न्याय, प्रशासन तथा विधायन समितिमा दफावार छलफल भई प्रतिवेदनसहित प्रदेश प्रदेश सभामा पेश भएको थियो ।