चन्द्रगढीमा जल्यो धर्म निरपेक्षताको व्यानर, ठाँउठाँउमा राप्रपाका नेता कार्यकर्ता पक्राउ

झापा / झापाको सदरमुकाम चन्द्रगढीमा आज धर्म निरपेक्षताको व्यानर जलाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्ताले धर्म निरपेक्षताको व्यानर जलाएका हुन ।

पार्टीका महामन्त्री राजेन्द्र लिङदेनको नेतृत्वमा निस्किएको जुलुषले चन्द्रगढीमा धर्म निरपेक्षताका व्यानर जलाएको हो ।

संबैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै राप्रपाले सदरमुकाममा विशाल र्याली निकालेको थियो ।

यसैबिच, राप्रपाले देशभरका जिल्ला सदरमुकामसहित काठमाठौंको रन्तपार्कस्थित शान्तिवाटिमा विरोध प्रदर्शन गरेको हो। राप्रपाले विरोध कार्यक्रममा धर्म निरपेक्ष अंकित ब्यानर र प्लेकार्ड जलाउने कार्यमक्रम तय गरेको थियो।

यसैक्रममा राजधानीको शान्तिबाटिकामा गरिएको विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्दै कार्यकर्तालाई पक्राउ गरेको छ।

पार्टीका अध्यक्ष कमल थापालगायतका नेता तथा कार्यकर्ताहरू विरोध कार्यक्रममा उपस्थित थिए। यसैबीच, जुम्लाबाट पनि राप्रपाका १२ नेता प्रहरीले नियन्त्रणमा लिएको छ।

धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै आन्दोलनमा उत्रिएका राप्रपाका १२ जना नेतालाई प्रहरीले नियन्त्रणमा लिइएको बताएको हो। प्रहरीका अनुसार राप्रपा केन्द्रीय सदस्य धनबहादुर थापा, जिल्ला कार्य समिति जुम्लाका सचिव श्रीकृष्ण बुढा र जुम्लाका प्रवक्ता अंगद प्रसाद देवकोटा लगायतका नेता कार्यकर्तालाई नियन्त्रणमा लिइएको हो।

राप्रपा नेपाल जिल्ला कार्य समिति जुम्लाले स्वतन्त्रपूर्वक गरिएको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले हस्तक्षेप गरेको भन्दै गम्भीर ध्यानाकर्षण गरेको छ। प्रहरीले नियन्त्रणमा लिएका नेता कार्यकर्तालाई तत्काल रिहाईको माग गरेको छ।