श्रीलङ्का आक्रमण: गिर्जाघर र होटलमा भएका विस्फोटनमा १६० जनाभन्दा बढीको मृत्यु

बीबीसी / श्रीलङ्काका गिर्जाघर र होटलहरूमा शृङ्खलाबद्ध विस्फोटन हुँदा डेढ सय जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

आइतवार बिहान देशका विभिन्न स्थानमा रहेका गिर्जाघर र होटलमा गरेर कम्तीमा छवटा विस्फोटन भएका थिए। त्यसपछि पनि थप दुईवटा विस्फोटन भएको समाचार प्राप्त भएको छ।

श्रीलङ्काको प्रधानमन्त्री कार्यालयले अहिलेसम्म कम्तीमा १६० जनाको मृत्यु भएको पुष्टि गरेको छ। तीमध्ये नौ विदेशी नागरिक हुन्।

देशका विभिन्न स्थानमा भएका विस्फोटनमा पाँच सयभन्दा बढी व्यक्तिहरू घाइते भएको बताइएको छ।
विभिन्न स्थानबाट घटनामा संलग्न भएको आशङ्कामा सात जनालाई पक्राउ गरिएको छ।