कोभिड –१९ संक्रमणबाट विराटनगरमा थप एकजनाको मृत्यु

मोरङ / विराटनगर महानगपालिकामा कोभिड –१९ संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।
आइतवार राति विराटनगर ८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
बिहीवार स्वाब संकलनपछि आइतवार उनको रिपोर्ट पोजेटिभ आएको थियो । संक्रमण पुष्टि भएपछि साँझ कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको थियो ।
भर्ना गरिएको ५ घण्टापछि राति ११ उनको मृत्यु भएको हो ।
योसँगै विराटनगरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।