• October 1, 2020

आइसोलेसनमा बसेकी एक महिलाको मृत्यु

 आइसोलेसनमा बसेकी एक महिलाको मृत्यु
मनपरे शेयर गरौ ! 


कैलाली / आइसोलेसनमा बसेकी एक महिलाको मृत्यु भएको छ । कैलाली जिल्लाको घोडाघोडी नगरपालिकाको –११ को आइसोलेसनमा रहेकी ३५ बर्षीया महिलाको सोमबार मृत्यु भएको हो ।

उनको श्रीमान र छोरामा कोरोना सङ्क्रमण पुष्टि भएको छ, तर उनको भने स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ ।

भारतबाट आएकी उनी केही दिनदेखि नगरपालिकाले तयार गरेको आइसोलेसनमा बसेकी थिइन् ।
उनको दुवै मिर्गौलामा समस्या रहेको र नियमित डाइलासिस गर्नुपर्ने अवस्था रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले बताए ।

स्थायी घर बझाङ भएकी उनी भारतबाट आफन्तको घरमा कैलाली आएकी थिइन् ।

मनपरे शेयर गरौ ! 

Related post