• September 21, 2020

काठमाण्डौंमा कोरोनाका कारण एक जनाको मृत्यु, मृतकको संख्या १५८ पुग्यो

 काठमाण्डौंमा कोरोनाका कारण एक जनाको मृत्यु, मृतकको संख्या १५८ पुग्यो
मनपरे शेयर गरौ ! 


झापा / काठमाण्डौंस्थित सशस्त्र प्रहरी बलको कोभिड विशेष अस्पतालमा उपचाररत एक व्यक्तिको कोरोनाका कारण मृत्यु भएको छ ।

अस्पतालका अनुसार काठमाडौं घर भएका ६६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मृतक निमोनियाबाट समेत ग्रसित रहेको चिकित्सकले बताएका छन् । योसँगै मुलुकभर कोरोनाबाट मृत्यु हुनेको संख्या १५८ पुगेको छ ।

हालसम्म नेपालमा ३२ हजार ६ सय ७८ संक्रमित भेटिएका छन् । तीमध्ये १८ हजार ८ सय ६ जना निको भएर घर फर्किसकेका छन् ।

मनपरे शेयर गरौ ! 

Related post