• September 30, 2020

अर्जुनधारामा १६ वर्षीय किशोरीलाई सामुहिक बलात्कार, दुई पक्राउ

 अर्जुनधारामा १६ वर्षीय किशोरीलाई सामुहिक बलात्कार, दुई पक्राउ
मनपरे शेयर गरौ ! 


अर्जुनधारा / अर्जुनधारामा मंगलबार साँझ एक किशोरीमाथि सामुहिक बलात्कार भएको छ ।

शनिश्चरे बजारबाट घरतर्फ जाँदै गरेकी १६ वर्षिया किशोरीलाई गढीस्थित विरिङ पुलबाट पछ्याउँदै गएका दुई युवाले टाङटिङ खोलाको किनारमा रहेको सानो जंगलमा बलात्कार गरेका हुन् ।

अर्जुनधारा १ र ४ मा पर्ने मदनपुरस्थित विरिङ जलाधार क्षेत्रमा धाकधम्की दिएर किशोरीमाथि जबरजस्ती करणी गरिएको बताइएको छ ।

अर्जुनधारा ३ स्थित शिविर घर भएकी युवतीलाई बलात्कार गरेको आरोपमा शनिश्चरे प्रहरी चौकीले २ जनालाई पक्राउ गरेको छ ।

गस्तीमा रहेको टोलीले अर्जुनधारा ७ मा बस्दै आएका गौरादह नगरपालिका ३ घर भएका २२ वर्षीय अशोक दर्जी र कमल गाउँपालिका १ घर भएका २४ वर्षीय विक्रम हास्दालाई पक्राउ गरेको हो ।

उनीहरु टिपर चालक भएको प्रहरीले जनाएको छ । टाङटिङ खोलाको पुलमा रुँदै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीले किशोरीलाई भेटेर सोधपुछ गर्दा घटना बाहिर आएको थियो ।

किशोरीको भनाइका आधारमा प्रहरीले बाटैबाट आरोपित दुई युवालाई पक्राउ गरेको थियो ।
पक्राउ परेका युवालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

मनपरे शेयर गरौ ! 

Related post