• September 20, 2020

झापाको दमकमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

 झापाको दमकमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि
मनपरे शेयर गरौ ! 


दमक / झापाको दमक नगरपालिकामा बुधबार मात्रै थप १५ जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमितको सम्पर्कमा आएका मध्ये कन्ट्याक्ट ट्रेसिङका आधारमा २०९ जनाको स्वाब संकलन गरिएको थियो ।

त्यसमध्ये १४ जना र एकजना होम क्वारेन्टिनमा बस्दै आएका व्यक्तिमा संक्रमण पुष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

यस अघि दमकमा संक्रमण लघु वित्तका कर्मचारी, नेपाल टेलिकमका कर्मचारी र औषधि व्यवसायीमा संक्रमण देखिएको थियो ।

आज संक्रमण देखिएकामा २२ देखि ७२ बर्षसम्मका ६ जना महिला र ९ जना पुरुषहरु रहेका छन् । योसंगै दमकमा कोरोना संक्रमितको संख्या ८१ पुगेको छ ।

दमकमा समुदायस्तरमा संक्रमण तीव्र फैलिदै गएपछि नगरपालिकाले गत साउन ३२ गतेदेखि भदौ १३ गतेसम्म नगरभित्र निषेधाज्ञा गरेको छ ।

निषेधाज्ञामा संक्रमितहरुको सम्पर्कमा आएकाहरुको पिसिआर परीक्षण गरिने जनाईएको छ ।

मनपरे शेयर गरौ ! 

Related post