नेपालमा २००७३ संक्रमित उपचारपछि फर्किए घर

झापा / पछिल्लो २४ घण्टामा थप ५ सय ६९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा २० हजार ७३ संक्रमित उपचारपछि निको भएका छन् ।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
मुस्ताङ, र हुम्ला गरी २ जिल्लामा संक्रमित शून्य भएका छन् । बिहीबार १२ हजार ६ सय २९ जनाको पिसिआर परीक्षण भएको छ ।
हालसम्म ६ लाख ४७ हजार ८ सय ८१ जना व्यक्तिको पिसिआर भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ९ हजार ४ सय ८८ जना क्वारेन्टाइनमा छन् । संक्रिय संक्रमितको संख्या १५ हजार २ सय ७३ छ भने २४ घन्टामा ५ जना महिला र ३ जना पुरुष गरि ८ जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा १ सय ८३ जना कोरोना संक्रमितको मृत्यु भएको तथ्यांक छ ।
कुन प्रदेशबाट कति भए डिस्चार्ज ?
प्रदेश १– १४९१
प्रदेश २– ४४५८
बागमती प्रदेश– ९४६
गण्डकी प्रदेश– १६७०
प्रदेश ५– ४७०२
कर्णली प्रदेश– २०२५
सुदूरपश्चिम प्रदेश– ४७८१