• October 1, 2020

अरबपति विनोद चौधरीलाई कोरोना संक्रमण

 अरबपति विनोद चौधरीलाई कोरोना संक्रमण
मनपरे शेयर गरौ ! 


काठमाण्डौं / उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सांसदसमेत रहेका चौधरीले ट्विटरमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका छन् ।

शुक्रबार गरिएको पीसीआर परीक्षणमा आफूलाई कोरोना पुष्टि भएको उनले बताएका छन् ।

आफूमा कोरोनाका कुनै लक्षण नदेखिएको र डाक्टरको सल्लाहअनुसार आफू आइसोलेसनमा बसेको पनि उनले जानकारी दिएका छन् ।

त्यस्तै आफ्नो सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन पनि उनले आग्रह गरेका छन् ।
६५ वर्षीय चौधरी फोर्ब्सको सूचीमा परेका एक मात्र नेपालका अरबपति व्यवसायी हुन् ।

मनपरे शेयर गरौ ! 

Related post