• September 23, 2020

भारतमा एकैदिन ७८ हजार ७६१ नयाँ संक्रमित फेला

 भारतमा एकैदिन ७८ हजार ७६१ नयाँ संक्रमित फेला
मनपरे शेयर गरौ ! 

एजेन्सी / भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ७८ हजार ७६१ नयाँ संक्रमित फेला परेका छन् ।

यसअघि अमेरिकाले एकैदिन सबैभन्दा धेरै कोरोना संक्रमित भेटिने रेकर्ड बनाएको थियो । अमेरिकामा एकैदिन ७७ हजार ६३८ संक्रमित फेला परेका थिए ।

यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३५ लख ४२ हजार ७३४ पुगेको छ । भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि ६३ हजार ४९८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ९४८ जनाको मृत्यु भएको छ ।
भारतमा अहिलेसम्म कोरोना भाइरसका २७ लाख १३ हजार ९३४ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् । अहिले सात लाख ६५ हजार ३०२ संक्रमित निको हुन बाँकी छन् ।

भारत कोरोना संक्रमित संख्याको आधारमा सबैभन्दा प्रभावित तेस्रो मुलुक हो । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार सबैभन्दा प्रभावित अमेरिकामा अहिलेसम्म ५९ लाखभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् भने ब्राजिलमा ३८ लाखभन्दा धेरै संक्रमित फेला परेका छन् ।

मनपरे शेयर गरौ ! 

Related post