चितवनमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

चितवन / चितवनमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
चितवन मेडिकल कलेज भरतपुरका निर्देशक डा. दयाराम लम्सालका अनुसार कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको हो ।
उनी भरतपुर महानगरपालिका वडा नं. १० निवासी ५२ वर्षीय पुरुषको हुन् । उपचारको क्रममा आइतबार दिउँसो साढे १ बजे उनको मृत्यु भएको हो ।
उनी निमोनियाका बिरामी थिए । भदौ ४ गते अस्पतालमा भर्ना भएका उनलाई ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।