• November 27, 2020

प्रेस संगठन नेपालद्वारा सञ्चारकर्मीको बीमासहित प्रेस ज्याकेट वितरण

 प्रेस संगठन नेपालद्वारा सञ्चारकर्मीको बीमासहित प्रेस ज्याकेट वितरण
मनपरे शेयर गरौ ! 


बिर्तामोड / कोरोनाको संक्रमणको समयमा फ्रन्टलाइनमा रहेर काम गर्नेहरु बढी जोखिममा हुन्छन् ।
बिशेषगरी स्वास्थ्यकर्मी, संचारकर्मी र सुरक्षाकर्मीहरु । उनीहरु मध्ये स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सुरक्षाका लागि त सरकारले केहि प्रवन्ध गरिरहेको छ ।

सञ्चारकर्मीहरु, जो अहोरात्र सुचनाको संबाहक बनेर खटिरहेका हुन्छन् । उनीहरुका बारेमा न सरकार, न समुदायले सहयोग गरेको पाइन्छ ।

यसका लागि संचारक्षेत्र नै सजग हुन जरुरी हुन्छ । यही सजगता र सर्तकताका लागि प्रेस संगठन नेपाल झापाले एउटा विशेष अभियान चलाइरहेको छ ।

खासगरी लकडाउन वा निशेधाज्ञाको समयमा पनि फ्रन्टलाइनमा बसेर काम गर्नुपर्छ, उनीहरुलाई कोरोनाको संक्रमणबाट बँचाउन र आइपर्ने जोखिम कम गर्नका लागि प्रेस ज्याकेट वितरण र बीमा गरिदिने अभियान चलाइएको प्रेस संगठन नेपालका केन्द्रिय सदस्य तीर्थ सिग्देलले जानकारी दिए ।

यसै अभियान अन्तरगत यसअघि ३१ संचारकर्मीको कोरोना बीमा गरिएकोमा थप ३१ जनाकै बीमा गर्न लागिएको उनले बताए ।

यसैगरी संगठनकै योजना अनुसार संचारकर्मीहरुका लागि २ सय थान प्रेस ज्याकेट तयार भएको र हाल ५० थान वितरण गरिसकेको संगठनका झापा अध्यक्ष मुक्ति पौडेलले जानकारी दिए ।

प्रेस ज्याकेट बन्द लगायतको समयमा अत्यावश्यक हुन्छ । जसका कारण संचारकर्मीहरुलाई रिर्पोटिङमा जान आउन सहज हुनेछ ।

मनपरे शेयर गरौ ! 

Related post