• September 25, 2020

दमकको बजार बिहान ७ देखि दिउँसो १२ बजेसम्म मात्र खुल्ने

 दमकको बजार बिहान ७ देखि दिउँसो १२ बजेसम्म मात्र खुल्ने
मनपरे शेयर गरौ ! 


झापा / झापाको दमक नगरपालिका र कमल गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय झापाले निशेधाज्ञा जारी गरेको छ ।

भदौ १४ गतेदेखि २० गतेसम्म रहने गरि प्रशासनले निशेधाज्ञा जारी गरेको हो ।

दमक नगरपालिकामा गरिएको निशेधाज्ञाको समयमा आवश्यक पर्ने खाद्य वस्तुको आपूर्तिका पसल व्यवसायहरु प्रशासनले बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म मात्र खुल्ला गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय झापाको सोमबार बसेको बैठकले सो निर्णय गरेको हो ।

उपभोग्य वस्तु खरिद गर्दा सुरक्षाका मापदण्ड अपनाउन प्रशासनले आग्रह गरेको छ ।

मनपरे शेयर गरौ ! 

Related post