• September 20, 2020

झापाका १२ जनामा कोरोना संक्रमण पुष्टि

 झापाका १२ जनामा कोरोना संक्रमण पुष्टि
मनपरे शेयर गरौ ! 


बिर्तामोड / झापामा बिहीबार १२ जना कोरोना संक्रमित फेला परेका छन् ।

प्रदेश १ सामाजिक स्वास्थ्य मन्त्रालयले गत २४ घण्टामा झापामा थप १२ जना संक्रमित फेला परेको पुष्टि गरेको हो ।

मन्त्रालयका अनुसार जिल्लाको कमल गाउँपालिकामा ६ जना, बिर्तामोड नगरपालिकामा ५ र अर्जुनधारामा १ जना संक्रमित भेटिएका हुन । १२ जनामध्ये ६ महिला र ६ पुरुष छन् ।

ती मध्ये अर्जुनधाराका संक्रमित भारतबाट आएका हुन भने अन्य सबै स्थानीय हुन् ।

योसँगै जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ६१५ पुगेको छ । त्यसमध्ये ४८१ जना उपचारपछि निको भएका छन् ।

मनपरे शेयर गरौ ! 

Related post