• October 1, 2020

दुर्गाप्रसाद कडरियाको रचना र प्रविण बेडवालको आवाजमा ‘मुटुभित्र राख्छु तिमिलाई’ चाँडै बजारमा

 दुर्गाप्रसाद कडरियाको रचना र प्रविण बेडवालको आवाजमा ‘मुटुभित्र राख्छु तिमिलाई’ चाँडै बजारमा
मनपरे शेयर गरौ ! 


बिर्तामोड / गीतकार दुर्गाप्रसाद कडरियाले नेपाल आइडलका फस्ट रनरअफ प्रविण बेडवालको आवाजमा ‘मुटुभित्र राख्छु तिमीलाई’ बोलको गीत बजारमा ल्याउँदैछन् ।

झापाली गीतकार कडरियाले आफ्नो आठौँ सांगितिक कोसेलीको रुपमा यो गीत बजारमा ल्याउन लागेको जानकारी दिए ।

गीत राम्रो बनेकोले श्रोता तथा दर्शकले माया गर्नेमा आसावादी रहेको गीतकार कडरियाले बताए । गीतको म्यूजिक भिडियो सुटिङ भइसकेकोले असोजको पहिलो हप्ता भिडियो रिलिज गर्ने तयारी रहेको पनि उनले बताए ।

नेपाल आइडलका फस्ट रनरअफ प्रविणको आवाजमा रामान्टिक लभसङ तयार भएको गीतकार कडरियाको दाबी छ ।

प्रविणको आवाजमा रहेको गीतमा रमेश कडरियाले संगीत गरेका छन् भने म्यूजिक भिडियोमा नवराजसिंह खड्का र प्रतिसा रिजालले रोमान्स गरेका छन् ।

रिकेश बज्राचार्यले निर्देशन गरेको भिडियोलाई बिकासले क्यामेरामा कैद गरेका छन् भने कवल विश्वासले ड्रोन उडाएका छन् । बृज त्रिएसन इटहरीले बजारमा ल्याएको भिडियोमा तहल्काखबर डटकम र सोचखबर मिडिया पार्टनर रहेका छन् ।

गीतकार कडरियाले हालसम्म प्रमोद खरेल, सीएल शर्मा, सज्जा चौलागाई, प्रेम शर्मा र नरेन्द्र प्यासीको स्वरमा सांगितिक कोशेली बजारमा ल्याईसकेका छन् ।

गीतकार कडरियाका दुईवटा लिरिकल भिडियो र पाँचवटा म्यूजिक भिडियो सार्वजनिक भईसकेका छन् ।

कडरियाले मयूजिक भिडियो दुर्गाप्रसाद कडरिया नामक आफ्नै युट्युब च्यानलबाट रिलिज गर्दै आएका छन् ।

मनपरे शेयर गरौ ! 

Related post