• September 30, 2020

हल्दिबारीमा ७१ प्रिन्ट रगत सङ्कलन

 हल्दिबारीमा ७१ प्रिन्ट रगत सङ्कलन
मनपरे शेयर गरौ ! 

हल्दिबारी / कोरोना भाइरस संक्रमणका कारण झापामा रगतको अभाव भएपछि हल्दिबारीमा बिहीबार आयोजित रक्तदानमा ७१ पिन्ट रगत संकलन भएको छ ।

हल्दिबारी ४ मा आयोजित रक्तदान कार्यक्रममा ७ महिलासहित ७१ जनाले रक्तदान गरेको हल्दिबारीबाट अभिषेक खतिवडाले जानकारी दिएका छन् ।

नेपाल स्वयंसेवी रक्तदाता समाज हल्दिबारी तथा हल्दिबारी समावेशी युवा महिला सस्थाको संयुक्त आयोजना र रक्तसञ्चार सेवा केन्द्र भद्रपुरको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

हल्दिबारी समावेशी युवा महिला संस्थाका अध्यक्ष सरस्वती चम्लागाईंको सभापतित्व तथा प्रदेशसभा सदस्य पूर्णप्रसाद राजवंशीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा संविधानसभा सदस्य मोहन टुडु, प्रधानमन्त्रीका सल्लाहकार असारु राजवंशी, नेकपा हल्दिबारी गाउँपालिका अध्यक्ष याम राई, हल्दिबारी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष त्रिलोचन सापकोटा, झापा जिल्ला युवा परिषद अध्यक्ष छवि चुडाल नेपाली कांग्रेस हल्दिबारी २ का सभापति भिमराज फ्याक, युवा अभियन्ता अभिषेक खतिवडाको अतिथ्यता रहेको थियो । कार्यक्रम स्थानीय देविका अधिकारीले सञ्चालन गरेकी थिइन् ।

साथै रक्तदान कार्यक्रम आयोजना गर्दा जम्मा भएको फोहोर मेची महाकाली तथा हल्दिबारी सरसफाईका अभियन्ता अभिषेक खतिवडा लगायतले सरसफाई गरेका थिए ।

मनपरे शेयर गरौ ! 

Related post