बिर्तामोड नगरपालिकाको नगर विकास योजना सार्वजनिक, प्रशासकीय अधिकृत खतिवडाको विदाई

बिर्तामोड / बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष ०७७/०७८ को बजेट र वार्षिक नीति तथा कार्यक्रमको पुस्तक सार्वजनिक गरेको छ ।
नगर प्रमुख ध्रुबकुमार शिवाकोटीको अध्यक्षतामा तथा प्रदेश सांसद एकराज कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
पुस्तक सार्वजनिक कार्यक्रममा चालू आर्थिक वर्षका लागि १ अर्ब १५ करोडको बजेट सार्वजनिक गरिएको छ ।
वार्षिक नीति तथा कार्यक्रम र बजेट उप प्रमुख पबित्रा महतारा प्रसाईले सभामा प्रस्तुत गरेकी थिइन । सो बजेट तथा नीति कार्यक्रम छलफल पश्चात् पारित गरिएको हो ।
समारोहमा प्रमुख अतिथि प्रदेश सांसद एकराज कार्की, नगर प्रमुख शिवाकोटी , नेकपा नगर अध्यक्ष ज्ञानुराम प्रसाइ, नेपाली काङ्ग्रेस नगर सभापती भोजराज सिटौला लगायले मन्तव्य राखेका थिए ।
यसैबीच अढाइ बर्ष अघिदेखि बिर्तामोडमा कार्यरत प्रमुख प्रसासकीय अधिकृत पशुपति खतिवडाको अनिवार्य अबकाश पछी बिदाइ गरिएको छ ।
नगरले एक कार्यक्रमको आयोजना गरि खतीवडाको बिदाई गरिएको नगरपालिकाका सुचना अधिकृत जय तिम्सिनाले बताए ।