• October 22, 2020

चिकित्सकसहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि बिएण्डसी अस्पताल बिर्तामोडको स्पेशिअल मेडिकल वार्ड शील

 चिकित्सकसहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि बिएण्डसी अस्पताल बिर्तामोडको स्पेशिअल मेडिकल वार्ड शील
मनपरे शेयर गरौ ! 


बिर्तामोड / बिर्तामोडको बिएण्डसी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि बिर्तामोड नगरपालिकाले अस्पतालको स्पेशिअल मेडिकल वार्ड शील गर्ने निर्णय गरेको छ ।

बिर्तामोड नगरपालिकामा आज बसेको बसेको बैठकले अस्पतालको स्पेशिअल मेडिकल वाड शील गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

बैठकले कोभिड नियन्त्रणका लागि संक्रमितहरुको पहिलो सम्पर्कमा रहेका अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य मापदण्ड अनुसार क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षणको व्यवस्था गर्ने, संक्रमितको परिवारलाई होम क्वारेन्टाइनमा राखेर पिसीआर परीक्षणको व्यवस्था गर्ने, अस्पतालका संक्रमित कर्मचारीहरुलाई अस्पतालले आइसोलेसनमा राखेर आवश्यक उपचार व्यवस्था गर्ने र अस्पतालको अत्यावश्यक स्वास्थ्य सेवा कोभिड १९ रोकथाम तथा नियन्त्रणको मापदण्डमा रहेर यथावत रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

बिएण्डसी अस्पतालका एक चिकित्सकसहित १२ जनामा आइतवार कोरोना संक्रमणको पुष्टि भएको हो ।

अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीका अनुसार एक जना चिकित्सक, ९ जना अन्य स्वास्थ्यकर्मी र २ जना बिरामी रहेका छन् ।

अन्य केहीसहित संक्रमित स्वास्थ्यकर्मी बिगत दश दिन अघि नै क्वारेन्टिन र आइसोलेसनमा राखिएको बताए ।

उनले संक्रमित कसैमा पनि कोरोना संक्रमणको लक्षण नभएको र सामान्य अवस्था रहेको छ ।

मनपरे शेयर गरौ ! 

Related post