• October 1, 2020

कोरोना संक्रमणबाट झापाकी एक महिलाको मृत्यु

 कोरोना संक्रमणबाट झापाकी एक महिलाको मृत्यु
मनपरे शेयर गरौ ! 


झापा / कोभिड १९ संक्रमणबाट झापाकी महिलाको मृत्यु भएको छ । झापा कनकाइ–३ की ४५ वर्षीया महिलाको मृत्यु भएको हो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोरोना विशेष अस्पतालमा उपचाररत अवस्थामा ती महिलाको आइतबार बिहान मृत्यु भएको हो । उनमा भदौ १८ गते कोरोना पुष्टि भएको थियो ।

ज्वरो आउने , स्वास प्रश्वासमा कठिन हुने समस्याका कारण उनमा निमोनिया समेत देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

मनपरे शेयर गरौ ! 

Related post