• September 23, 2020

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोहोरिने संकेत

 नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोहोरिने संकेत
मनपरे शेयर गरौ ! 


झापा / उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई दोहो¥याउने निष्कर्षमा पुगेका छन् ।

घिसिङको चार वर्षीय कार्यकाल भदौ २९ गते सकिँदैछ । घिसिङले नेपाललाई लोडसेडिङमुक्त बनाएको भन्दै प्रशंसा हुँदै आएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको पुनर्नियुक्तिको लागि मन्त्री पुनले तयारी गरेको बुझिएको छ । पुनले बिहीबार बस्ने मन्त्रिपरिषदको बैठकमा घिसिङलाई पुनर्नियुक्तिका लागि प्रस्ताव लैजाने तयारी गरेका छन् ।

घिसिङलाई कार्यकारी निर्देशकमा दोहो¥याउने विषयमा मन्त्री पुनले प्रधानमन्त्री खड्गप्रसाद ओली र नेकपाका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’सँग सोमबार बिहान परामर्श गरिसकेको मन्त्री पुनको निजी सचिवालयले जनाएको छ ।

ओली र दाहालसँग भेट गरेपछि मन्त्री पुन सोमबार गृहजिल्ला रोल्पा गएका छन् । उनी बुधबार काठमाडौं फर्किनेछन् ।

घिसिङले नेपालमा ठूला जलविद्युतका संरचना बनाउन सकेका छैनन् । उनले भारतसँग महँगोमा बिजुली किनेर ल्याएर लोडसेडिङ अन्त्य गरेको आरोप पनि छ ।

मनपरे शेयर गरौ ! 

Related post