• October 1, 2020

किशोरी बलात्कार अभियोगमा तीनजना पक्राउ

 किशोरी बलात्कार अभियोगमा तीनजना पक्राउ
मनपरे शेयर गरौ ! 


बैतडी / १७ वर्षीया किशोरीले बिहे भएको ६ महिनामै बच्चा जन्माएपछि बलात्कार भएको अभियोगमा प्रहरीले बैतडीबाट तीन जनालाई पक्राउ परेको छ ।

पीडित किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

बैतडीको सिगास गाउँपालिकाकी किशोरीलाई पटक–पटक बलात्कार गरेको आरोप लागेका शिक्षक खडक बोहरा, सिगास गाउँपालिकामा कार्यरत केशव बोहरा र स्थानीय रामसिंह बोहरालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।

सिगास गाउँपालिकाकी ती किशोरीले विहे भएको ६ महिनामै बच्चा जन्माएपछि उनीमाथि बलात्कार भएको घटना बाहिर आएको थियो ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ मा १८ बर्षभन्दा कम उमेरका महिलालाई ललाई फकाई वा महिलाको मञ्जुरी लिएर करणी गरेमा समेत कानुनी कारबाही हुने उल्लेख छ ।

कानुन अनुसार त्यस्तो कार्यमा संलग्न व्यक्तिलाई सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी महिलामाथि करणी गरेमा दश वर्षदेखि बाह्र वर्षसम्म कैद सजाय हुने उल्लेख छ ।

मनपरे शेयर गरौ ! 

Related post