अमेरिकाको क्यालिफोर्निया राज्यमा डढेलो, ७० हजार मानिस प्रभावित

एजेन्सी / अमेरिकाको क्यालिफोर्निया राज्यमा लागेको डढेलो २० लाख हेक्टर क्षेत्रमा फैलिएको छ ।
तीन हप्ता अघि शुरु भएको डढेलोबाट आठ जनाको ज्यान गैसकेको क्यालिफोर्नियाको वन विभागले जनाएको छ ।
डढेलोका कारण ३ हजार ३ सयभन्दा धेरै संरचनामा क्षति भैसकेको बीबीसीले जनाएको छ । विभागले हावाहुरीको कारण डढेलो नियन्त्रणमा लिन समस्या भएको बताएको छ ।
क्यालिफोर्नियाको विभिन्न एक हजार भन्दा धेरै ठाउँमा डढेलो लागिरहेको छ ।
यस्तै २२ वटा काउण्टीमा बिजुली काटिएको छ ।
त्यहाँ एक लाख ७० हजार भन्दा धेरै मानिस प्रभावित भएका छन् । डढेलो धेरै लागेको कतिपय ठाउँमा आपतकालीन स्थितिको घोषणा गरिएको छ ।