• September 23, 2020

वीपी कोइरालाको १०७ औँ जन्मजयन्ती भर्चुअल कार्यक्रममै सिमित

 वीपी कोइरालाको १०७ औँ जन्मजयन्ती भर्चुअल कार्यक्रममै सिमित
मनपरे शेयर गरौ ! 


झापा / प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको १०७ औँ जन्मजयन्ती आज मनाइदैछ ।

वीपीको जन्मजयन्तीमा कोरोना भाइरसको संक्रमण र जोखिमका कारण औपचारिक कार्यक्रम प्रभावित भएका छन् ।

नेपाली कांग्रेसले वीपीको जन्म जयन्ती ३ दिने भर्चुअल कार्यक्रम गरी मनाउने भएको छ । केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी विज्ञप्तिमा कोरोना प्रतिकूलताबाट सुरक्षित रहँदै वीपीको जन्म जयन्ती मनाउन आग्रहसमेत गरिएको छ ।

केन्द्रिय तहबाट हुने ३ दिने भर्चुअल कार्यक्रमअन्र्तगत भोलि दिउँसो १ बजे ‘वीपीको विचार नेपालको समुन्नतिको मुल बाटो’ शीर्षकमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको जन्म विक्रम संवत् १९७१ भदौ २४ गते भएको थियो ।

जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानु परेको थियो ।

भारत निर्वासनकै क्रममा उनको नेतृत्वमा विक्रम संवत् २००३ मा नेपाली राष्ट्रिय काँग्रेसको स्थापना भएको थियो ।

मनपरे शेयर गरौ ! 

Related post